arrow

काठमाडौँमा इन्द्रजात्रा : असोज १५ गते सकिने [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ११ बिहिबार
indrajatra-kathmandu.jpg

काठमाडौँ । काठमाडौँमा सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्रा मनाइएको छ । जात्राका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले जात्रा अवलोकन गरेका छन् । 

असोज १५ गते महिलाले मात्र रथ तानी नानीचा यात्रा चलाइने छ । यसै दिन बेलुकी राष्ट्रपति पौडेल हनुमान ढोका दरबार जानु भई कुमारीबाट टीका एवं प्रसाद ग्रहण गर्नेछन्। टीकाप्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले कुमारीसँग खड्ग साट्ने परम्परासमेत छ । 

असोज १५ गते सोमबार राति ८:३७ बजे इन्द्रध्वज पातन गरेपछि दुई हप्ताभन्दा लामो इन्द्रजात्रा समाप्त हुन्छ । पातन गरेपछि इन्द्रजात्राको लिङ्गोलाई टेकु दोभानस्थित बाग्मती किनारमा सेलाइन्छ । लिङ्गो सेलाउन घिसारेर लैजाने परम्परा छ । 

नेपाल पञ्चाङ्ग निर्णायक समितिले निकालेको साइतमा लिङ्गोका लागि रुख काट्न वनयात्रा गरेपछि यो जात्राको प्रक्रिया सुरु हुन्छ । वनयात्रा, रुख कटान, लिङ्गो नगर प्रवेश लगायतको विधिपछि भाद्र शुक्ल द्वादशीका दिन इन्द्र ध्वजोत्थान गरिन्छ । 

इन्द्रजात्रा प्रताप मल्लको पालामा सुरु भएको विश्वास गरिन्छ । इन्द्रजात्रामा रथयात्राको चलन भने राजा गुणकामदेवले सुरु गरेका थिए । उपत्यकामा मनाइनेमध्ये यो लामो जात्रा हो ।



नयाँ