arrow

एसले पठायो मेची–महाकाली तयारी टोलीलाई, माधवले भने- जनताको हितको निम्ति उभिन तयार

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १२ शुक्रबार
madhav-nepal-2080-05.jpg

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले देश र जनताको हितको निम्ति आफ्नो पार्टी सदैव अग्रपङ्क्तिमा उभिन तयार रहेको बताएका छन् । 

अध्यक्ष नेपालले समाजवादी जागरणको माध्यमबाट रोजगारी, सुशासन र समृद्धिको बाटोमा मुलुकलाई अघि बढाउन आफ्नो पार्टीले ‘मेची–महाकाली जागरण अभियान तथा सङ्गठन विस्तार’ कार्यक्रम शुरु गर्न लागेको बताए । 

यही असोज १४ गतेबाट सो पार्टीले झापाको मेची नदी किनारबाट सो अभियानको शुभारम्भ गर्दैछ । शुक्रवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरबाट सो अभियानको पहिलो तयारी टोलीलाई बिदाइ गर्दै अध्यक्ष नेपालले सो अभियानले आम जनतामा समाजवादप्रति उत्साह ल्याउने र पार्टी कार्यकर्ता पङ्क्तिमा पनि जागरण ल्याउने विश्वास व्यक्त गरे । 

उनले सो अभियानमा सहभागी हुन पनि सबैलाई आह्वान गरे । अध्यक्ष नेपालले अभियानको क्रममा विभिन्न जिल्लाहरूमा विभिन्न कार्यक्रमहरु आयोजना हुने र त्यसले समाजवादको सन्देश आम जनताको घरदैलोमा पुर्‍याउने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ