arrow

मोरङमा नबिल बैङ्कको २६६ औँ शाखा उद्घाटन

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १३ शनिबार
nabil-branch-pu-university-csr.jpg

मोरङ। देशकै अग्रणी बैङ्कको रूपमा परिचित नबिल बैङ्क लिमिटेडको २६६ औँ शाखा मोरङ जिल्लाको सुन्दर हरैँचा नगरपालिका गोठगाँउ अवस्थित पूर्वाञ्चल विश्वविद्यालय परिसरमा उद्घाटन गरिएको छ। बैङ्किङ पहुँच तथा सेवा विस्तार रणनीतिका साथ गोठगाँउमा शाखा विस्तार गरिएको नबिल बैङ्कले जनाएको छ।

गोठगाँउ शाखाको उद्घाटन प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका उप कुलपति प्रा.डा.यादव राज कोइराला, नबिल बैङ्कका सञ्चालक अनन्त पौड्याल तथा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले संयुक्त रूपमा गरेका थिए। कार्यक्रममा अतिथिहरू पूर्वाञ्चल विश्वविद्यालयका रजिस्ट्रार निलमणि पोखरेल, उद्योग सङ्घटन मोरङका सभापति राकेश सुराना, नबिल बैङ्कका नायव प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डे लगायत बैङ्कका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।

नबिल बैङ्कका सञ्चालक पौड्यालले पूर्वाञ्चल विश्वविद्यालय, गोठगाँउ क्षेत्रमा सहज वित्तीय पहुँच दिने र गुणस्तरीय बैङ्किङ सेवा विस्तार गर्ने उद्देश्यले शाखा विस्तार गरिएको बताए।

मन्तव्य दिने क्रममा प्रमुख अतिथि कोइरालाले यस क्षेत्रमा नबिल बैङ्कको उपस्थितिले खुसी तुल्याएको बताए। उनले स्थानीय स्तरमा वित्तीय पहुँच र आर्थिक उपार्जनका क्रियाकलापको लागि बैङ्कको उपस्थिति अर्थपूर्ण रहने बताए। पूर्वाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालय परिसरबाट हुने बैङ्किङ सेवा विस्तारले विश्वविद्यालयका विद्यार्थी, कर्मचारी साथै स्थानीय वासी समेत लाभान्वित हुने कुरा बताए।

नबिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत ढुङ्गानाले स्वागत मन्तव्य राख्दै पूर्वाञ्चल विश्वविद्यालय, गोठगाँउमा बैङ्कको व्यवसाय विस्तार मात्रै नभई समुदाय स्तरमा काम गर्ने ध्येय रहेको बताए। ‘हामी यस क्षेत्रको आर्थिक आवश्यकता पूरा गर्न सेवाग्राहीलाई उत्कृष्ट सेवा दिनको लागि हाम्रो प्रयास रहनेछ। साथै निकट भविष्यमा नै विश्वविद्यालयको लागि अडिटोरियम हल निर्माणमा बैङ्कको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्नेमा हामी प्रतिबद्ध रहेका छौँ,’ ढुङ्गानाले बताए।

नबिल बैङ्क नेपालको अग्रणी वाणिज्य बैङ्क मध्ये एक हो। बैङ्कले देशभर २६६ शाखा सञ्जालसहित १९ वटा एक्सटेन्सन काउन्टर र ३१० एटिएम मेसिनबाट सेवा प्रदान गर्दे आएको छ। नबिल बैङ्कसँग हालसम्म १८ लाखभन्दा बढी ग्राहक सङ्ख्या पुगेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ