arrow

एसियाली खेलकुद

भारतले ८ दिनमा जित्यो १० स्वर्ण : थाइल्यान्डलाई उज्बेकिस्तानले उछिन्यो, हङकङलाई ताइपेले छोड्यो पछाडि

अहिलेसम्म एसियाडमा कुन मुलुकले कति जिते पदक ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १४ आइतबार
india-padak.JPG

काठमाडौं । एसियाडमा ७ सय ८९ पदकको छिनोफानो भइसकेको छ । चीनको हाङ्जाउमा जारी एसियाली खेलकुदमा आइतबार बिहानसम्ममा ७ सय ८९ पदकको छिनोफानो भइसकेको हो ।

जसमा आयोजक चीनले मात्रै २१६ पदक जितेको छ ।  पछिल्लो पदक तालिका अनुसार चीनले ११४ स्वर्ण ६८ रजत र ३४ कास्य पदकसहित २१६ वटा पदक हात पारेको छ । 

अर्को छिमेकी मुलुक भारत लगातार ८ दिनमा १० स्वर्ण पदक जितेको छ । भारतीय खेलाडीको अथक मेहनतको प्रतिफल स्वरूप भारत एसियाली खेलकुदमा यो सफलता हात पारेको हो । भारतले १४ वटा रजत र १४ वटा कास्य पदक प्राप्त गरेर चौथो स्थानमा छ । 

सन् २०१८ मा जकार्तामा भएको एसियाली खेलकुदको अन्तिम संस्करणमा भारतले १६ स्वर्ण सहित ७० पदकको कीर्तिमान पदक जितेको थियो। यसपालि ८ दिनमै भारतले १० स्वर्णसहित ३८ पदक जितेको छ ।

भारतले पुरुष १० मिटर एयर राइफल सुटिङ, भारतीय महिला टी-२० टिम क्रिकेट, ड्रेसेज टिम इक्वेस्ट्रियन, महिला २५ मिटर सुटिङ मा स्वर्ण जितेको छ । 

साथै सिफ्ट कौर साम्राले महिला ५० मिटर राइफल ३ पोजिसन सुटिङ, पुरुष १० मिटर एयर पिस्टल टिम सुटिङ, पुरुष ५० मिटर राइफल थ्री पोजिसन टोली सुटिङ, पुरुष टोली स्क्वासमा स्वर्ण जितेको छ । 

त्यस्तै पलक गुलियाले महिला १० मिटर एयर पिस्टल सुटिङ, मिश्रित युगलले टेनिसमा स्वर्ण पाएका छन् । 

पदक तालिकामा दोस्रो स्थानमा जापान १०५ पदकसहित छ । जापानले २८ स्वर्ण, ३८ रजत र ३९ वटा कास्य पदक जितेर कुल १०५ पदक पाएको हो ।

तेस्रो स्थानमा रहेको दक्षिण कोरियाले २७ स्वर्ण, २९ रजत र ५४ वटा कास्य पदक जितेको छ । दक्षिण कोरियाले हालसम्म ११० पदक जितेको छ।  

थाइल्यान्ड उछिन्दै उज्बेकिस्तान पाँचौँ स्थानमा आइपुगेको छ । उज्बेकिस्तानले १० स्वर्ण, ११ रजत र १६ कास्य गरि ३७ पदक हात पारेको छ । 

एक स्थान खस्किएर थाइल्यान्ड सूचीको छैटौँ स्थानमा छ । ८ स्वर्ण, ४ रजत र १४ कास्य गरि २५ पदकसहित छैटौँ स्थानमा छ । 

हङकङलाई पछि पार्दै चाइनिज ताइपे सातौँमा आएको छ । चाइनिज ताइपे ७ स्वर्ण, ९ रजत र ९ कास्य गरि कुल २५ पदकसहित सातौँमा छ । 

हङकङ ५ स्वर्ण, १५ रजत र १८ कास्यसहित पदक तालिकामा आठौँ स्थानमा रहेको छ । हङकङले कुल ३८ पदक जितेको छ ।

इरानलाई पछि पार्दै दसौँ स्थानबाट नवौँ स्थानमा आएको छ । ३८ पदक जितेर सूचीको नवौँ स्थानमा उत्तर कोरिया छ । उत्तर कोरियाले आइतबार सम्ममा ५ स्वर्ण १५ रजत र १८ कास्य हात पारेको छ ।  

१६ पदकसहित इरान दसौँ स्थानमा छ । इरानले ३ स्वर्ण ११ रजत र ११ कास्य पाएको छ । 

यसपछि सूचीमा क्रमशः किर्गिस्तानले ३ स्वर्ण, ४ रजत र १९ कास्य जितेको छ । मलेसियाले ३ स्वर्ण, ३ रजत र १२ कास्य जितेको छ । 

इन्डोनेसियाले ३ स्वर्ण, ३ रजत र १० कास्य जितेको छ । बहराइनले ३ स्वर्ण, १ रजत र २ कास्य हात पारेको छ । सिंगापुरले २ स्वर्ण, ५ रजत र ४ कास्य जितेको छ । 

भेतनाम, कतार, फिलिपिन्स, संयुक्त अरब इमिरेट्स, मकाउ चाइना, ताजकिस्तान, कुवेत, किर्गिस्तान र साउदी अरबले एक-एक स्वर्ण पदकसहित क्रमशः स्थानमा रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ