पशुपति क्षेत्र विकास कोषका सदस्यसचिवविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
रासस,
प्रकाशित २०८० असोज १४ आइतबार
1.2k
Shares
तस्बिर : फाइल
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव डा प्रदीप ढकाल र तत्कालीन कोषाध्यक्ष एवम् हालका सदस्यसचिव डा मिलनकुमार थापा समेत तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए।