arrow

२०३ रन ल्याए नेपालले भारतलाई जित्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १६ मंगलबार
cricket-nepal-2023-08-30a.jpg

काठमाडौं । टी-२० क्रिकेटमा नेपाललाई भारतले २०३ रनको लक्ष दिएको छ । चीनको हाङ्जाउमा जारी एसियाली खेलकुदमा भारतलाई जित्न नेपालले २०३ रन ल्याउनुपर्ने भएको छ  । 

क्वाटरफाइनलमा भारतले टस जितेर ब्याटिङ शुरु गरेको गरेको थियो । भारतले २० ओभरमा ४ विकेटको क्षतिमा २०२ रन जोडेको छ । 

भारतका लागि ओपनर यशस्वी जैसवालले शतक प्रहार गरे । सर्वाधिक रन बनाएका जैसवालले ४९ बल खेल्दै ८ चौका र ७ छक्का मद्दतमा १०० रन बनाए । भारीय कप्तान रुतुराज गाएकवाडले २५ बल खेल्दै ४ चौका मद्दतमा २३ रन बनाए । तिलक वर्माले २ रन जोडे । रिंक सिंहले ३७ र शिवम दुवेले नटआउट २५ रन बनाए । 

खेलमा नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २ विकेट, सोमपाल कामी र सन्दीप लामिछानेले एक एक विकेट लिए । अब नेपालले जवाफी ब्याटिङ गर्दैछ । 

भारतका तर्फबाट २६ वर्षीय रुतुराज गायकवाडको कप्तानीमा यशस्वी जैसवाल, राहुल त्रिपाठी, तिलक वर्मा, रिंकु सिंह, जितेश शर्मा (विकेटकिपर), वाशिंगटन सुन्दर, शाहबाज अहमद, रवि बिश्नोई, आवेश खान, अर्शदीप सिंह, मुकेश कुमार, शिवम दुबे, प्रभसिमरन सिंह ( विकेट किपर), आकाश दीप रहेका छन् । 

नेपालका तर्फबाट रोहितको कप्तानीमा करण केसी, प्रतिश जिसी, आसिफ शेख, कुशल मल्ल, गल्सन झा, सोमपाल कामी, सन्दीप जोरा, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, विवेककुमार यादव, अविनाश बोहरा, सन्दीप लामिछाने र विनोद भण्डारी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ