arrow

भारतविरुद्ध नेपालको टक्करको खेल, ऐरी र जोराको दुई सय बढीको स्ट्राइक रेट

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १६ मंगलबार
t20-nepal-india.JPG

काठमाडौँ । चीनमा जारी १९ औँ एसियाली खेलकुदको टी–२० क्रिकेटमा नेपालले भारत विरुद्ध टक्करको खेल खेलेको छ । 

हानझाउको मैदानमा आज बिहान भएको खेलमा नेपाल मात्र २३ रनले पराजित भयो । २०३ रनको कठिन चुनौतीलाई सहर्ष पछ्याउँदै नेपालले ९ विकेटको क्षतिमा १७९ रन बनायो । 

नेपालका लागि दिपेन्द्र सिंह ऐरी र सन्दीप जोराले आक्रामक ब्याटिङ गरे । ऐरीले १५ बलमा ३२ रन बनाउँदै २१३.३३ को स्ट्राइक रेट कायम गरेका थिए । 

त्यस्तै जोराले १२ बलमा २९ रन बनाउँदै २४१.६६ को स्ट्राइक रेट कायम गरेका थिए । 

नेपालका लागि कुशल भुर्तेलले ३२ बलमा २८, कुशल मल्लले २२ बलमा २९ करण केसीले १३ बलमा अविजित रहँदै १८ रन बनाए । 

त्यस्तै आसिफ शेखले १० रन जोडे बाहेक बाँकी खेलाडीले दोहोरो स्कोर खडा गर्न सकेनन् । भारतका रवि विस्नोई र आभेश खानले समान ३–३ विकेट लिए । 

यसअघि भारतले ४ विकेटको क्षतिमा २०२ रन बनाएको थियो । ओपनर यशस्वि जैसवालले ४९ बलमा सय रन जोडेको भए पनि भारतले केबल २०२ रनमात्र बनाएको हो । 

रिंकु सिंहले १५ बलमा अविजित रहँदै ३७ तथा कप्तान ऋतुराज गायकवाड र शिवम दुबेले समान २५ रन जोडे । 

अलराउन्ड प्रदर्शन गरेका दिपेन्द्रले २ विकेट लिए । ऐरीले नेपालका लागि सर्वाधिक ४७ टी–२० अन्तर्राष्ट्रि खेलेका छन् । 

त्यसैगरी सोमपाल कामी र सन्दीप लामिछानेले १–१ विकेट लिए ।

जितसँगै भारत सेमिफाइनलमा पुगेको छ । टेष्ट राष्ट्र भएकाले भारतले सिधै क्वार्टरफाइनल खेल्ने अवसर पाएको थियो । 

नेपालले भने समूह चरणमा मंगोलियामाथि २७३ रनको कीर्तिमानी जित तथा माल्दिभ्समाथि १३८ रनको जित हासिल गर्दै समूह विजेतासहित क्वार्टरफाइनलमा ठाउँ बनाएको थियो । 

एसिया कपमा भारतविरुद्ध सम्मानजनक योगफल तयार गरेसँगै नेपाली खेलाडीहरुको क्रिकेट सुधारिएको देखिएको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ