arrow

न्युजक्लिकमा जोडिएका तीस बढी क्षेत्रमा छापा, छ पत्रकार गिरफ्तार 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १६ मंगलबार
newsclicks-2023-10-03.jpg

काठमाडौँ । भारतमा समाचार वेबसाइट न्युजक्लिकसँग जोडिएका पत्रकारहरूको घरसहित तीस क्षेत्रमा प्रहरीले छापा मारेको छ । 

नयाँ दिल्ली प्रहरीले मंगलबार बिहान न्युजक्लिकको कार्यालयमासमेत छापा मारेर ६ जनालाई गिरफ्तारसमेत गरेको छ । 

गिरफ्तार हुने पत्रकारहरुमा अभिसार शर्मा, उर्मिलेश र परन्जाय गुहार ठाकुरतासमेत रहेका छन् । 

मिडिया रिपोर्टका अनुसार यही बीचमा मुम्बईमा अभियन्ता तिस्ता सितलवान्डको घरमा पनि मुम्बई प्रहरीको टिम पुगेको छ । 

गत अगस्त ५ तारिखमा न्यूयोर्क टाइम्सले एक रिपोर्ट जारी गर्दै बताएअनुसार न्युजविकलाई एक अर्बपति अमेरिकी नोवेल रोय सिंघमले आर्थिक सहायता गरेका थिए । 

रिपोर्टका अनुसार सिंघमले चिनियाँ प्रोपगण्डालाई बढावा दिनका लागि भारतसमेत दुनियाँभरका संस्थालाई आर्थिक सहयोग गर्दै आएका छन् । 

जारी कारबाहीबारे भने सरकारले केही बताइसकेको छैन । 

तर यही रिपोर्टको आधारमा १७ अगस्तमा न्यूजविकविरुद्ध धर्म, जातिको आधारमा विभिन्न समूहबीच दुस्मनी बढाउने काम गरेको आरोप यूएपीएको धारा १५३ (क) र १२० (ख) आपराधिक षड्यन्त्रमा भागेदारी रहको आरोपसहितका कयौँ आरोपमा एफआईआर दर्ता भएको थियो । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ