arrow

सशस्त्र मुख्यालयमा पानी प्रशोधन स्थल निर्माण

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १७ बुधबार
raju-aryal-apf-2080-06-17.jpg

काठमाडौँ । सशस्त्र प्रहरी बल (एपीएफ) को मुख्यालय हलचोकमा पानी प्रशोधन स्थलको निर्माण गरी प्रयोगमा ल्याइएको छ। उक्त प्रशोधनस्थलको मंगलबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उद्घाटन गरे ।  

त्यहाँ कार्यरत कर्मचारीलाई शुद्ध पिउने पानीको व्यवस्था मिलाउने उद्देश्यले संचालनमा ल्याइएको नवनिर्मित वाटर ट्रिटमेन्ट प्लान्ट विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को मापदण्ड अनुसारको शुद्ध पिउने पानी प्रशोधन गर्ने एपीएफले जनाएको छ ।

प्रतिघण्टा १५ सयदेखि दुई हजार लिटरसम्म पानी शुद्ध पार्ने क्षमता रहेको वाटर ट्रिटमेन्ट प्लान्टको मासिक रुपमा दक्ष प्राविधिकबाट जाँच गर्नुका साथै डब्ल्यूएचओको मापदण्ड अनुसार भए नभएको भनी त्रैमासिक रुपमा उच्चस्तरीय प्रयोगशालामासमेत परीक्षण गराउने व्यवस्था मिलाइएको छ ।

मुख्यालयभित्र वाटर डिस्पेन्सर, आवश्यकता अनुसार जार तथा जार सफा गर्ने मेसिनको समेत व्यवस्था गरिएको छ । 

यसभन्दा अगाडि प्लाष्टिकका बोतल तथा जार खरिद गरी आपूर्ति गरिँदै आएको पिउने पानीलाई निरुत्साहित गर्दै प्रशोधन स्थलको निर्माण गरी प्रयोगमा ल्याइएको सह प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ