arrow

चौबीस वर्ष प्रवेशको उपलक्ष्यमा माछापुच्छ्रे बैंकले ल्यायो क्यासब्याकसहितका अफर

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १८ बिहिबार
machhapuchhre-bank-24th-year.jpg

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेड २४ औं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा बैंकले क्यासब्याकसहितका विभिन्न आकर्षक अफर ल्याएको छ।

आफूले प्रदान गर्दै आएको डिजिटल सेवाबाट ग्राहकले क्यासब्याक र आकर्षक अफरको लाभ लिन सक्ने बैंकले जनाएको छ। डिजिटल भुक्तानीमा ग्राहकले निःशुल्क इन्टरनेट प्याकेजका साथै सामसङ ट्याब्लेट र प्रत्येक दिन ५०० रुपैयाँ क्यासब्याक पाउने छन् । 

बैंकका अनुसार यो अफर असोज ३० गतेसम्म लागू हुने छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले माछापुच्छ्रेलाई स्मार्ट बैंकको रुपमा स्थापित गर्न सफल भएको बताए । उनले आगामी दिनमा सेवामा अझै सुधार गर्ने प्रतिबद्धता जनाए।

बैंकले आफ्नो २३ औं वार्षिकोत्सवका अवसरमा एक कार्यक्रम गरी २० वर्षभन्दा बढी समयदेखि काम गर्दै आएका कर्मचारीलाई सम्मानसमेत गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ