arrow

सप्तकोशीमा गोताखोर तालिम [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १८ बिहिबार
saptakoshi-apf-traning.jpg

काठमाडौं । सशस्त्र प्रहरीले गोताखोर तालिमका प्रशिक्षार्थीलाई सप्तकोशी नदीमा अभ्यास गराएको छ । गोताखोर तालिमका सहभागी प्रशिक्षार्थी कर्मचारीलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय पकलीले सप्तकोशी नदीको ब्यारेजमा अभ्यास गराएको हो । 

४० दिने तालिममा सहभागी २० जना सुरक्षाकर्मीलाई बराह बाहिनीले नदीको गहिराई र बहाव ज्यादा रहेको क्षेत्रमा अभ्यास गराउँदै आएको छ । पानी मुनिको गहिराइमा पुगेर गरिने खोज तथा उद्धारमा खटिने जनशक्तिको सङ्ख्या बढाउने सङ्गठनको नीतिअनुसार कोशी प्रदेशमा सञ्चालित गोताखोर तालिमका सहभागीलाई सप्तकोशीको भेल र गहिराइमा अभ्यास गराइएको बराह बाहिनीले जनाएको छ ।

 बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनीकुमार पोखरेलले कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको समन्वयमा गोताखोर तालिम सञ्चालनमा ल्याएको बताए । 

१८ जना सशस्त्र प्रहरी र २ जना जनपथ सम्मिलित गोताखोर तालिम सङ्गठनको चौथो ब्याच रहेको पोखरेलले बताए । पोखरेलका अनुसार हाल देशभर ७४ जनाको सङ्ख्यामा रहेको जनशक्ति चौथो ब्याच पश्चात् ९४ को सङ्ख्यामा पुग्नेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ