arrow

यसरी दिए देउवाले तिहारको शुभकामना

logo
प्रकाशित २०७३ कार्तिक १३ शनिबार
sher-bahadur-deuba.jpg.jpeg
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारको उपलक्ष्यमा सम्पूर्ण नेपालीहरुलाई शुभकामना सन्देश जारी गरेका छन् ।  सभापति देउवाले उक्त पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ, दीर्घायु, सुख, शान्ति र उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको जनाएका छन् । 
 
‘नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक र बहुभाषिक राष्ट्र हो । मौलिक भेषभूषा सहितका यिनै विविधता हाम्रो राष्ट्रिय पहिचान बनेका छन् । हामीमा निहित बन्धुत्व भावले विविधता बीचमा पनि अनुपम एकता कायम गरेको छ ।’ देउवाद्वारा शनिबार जारी विज्ञप्तीमा भनिएको छ ‘तिहारले पनि हामी बीचको एकतालाई अझ मजबूत बनाएको छ । तिहार अर्थात यमपञ्चकका हरेक दिनले समस्त नेपालीहरुमा नयाँ उमंग सिर्जना गर्न, दिदीबहिनी र दाजुभाइबीच तथा आफन्तहरु बीचमा सुमधुर र सौहार्द सम्बन्ध विकसित गर्न सघाएको छ ।’ 
 
उनले मुलुक यतिखेर इतिहासको एक महत्वपूर्ण मोडमा उभिएको बताउँदै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान जारी भई लोकतान्त्रिक आन्दोलन मार्फत प्राप्त उपलव्धीलाई कार्यान्वयन र संस्थागत गर्ने क्रममा हामी सबै प्रयत्नरत रहेको अहिलेको अवस्थामा मुलुकका सम्पूर्ण राजनीतिक दलहरु तथा जिम्मेवार निकायहरुले आ–आफ्ना स्वार्थलाई त्यागेर मुलुकको समुन्नती र मुलुकवासीको हितलाई सर्वोपरी ठानी लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई कृयाशील र संस्थागत गर्न सक्यौं भने मात्र मुलुकलाई एक समृद्ध राष्ट्रमा रुपान्तरण गर्न सक्ने धारणा पनि व्यक्त गरेका छन् । 
 
उनले लोकतान्त्रिक संविधानको कार्यान्वयन गरी राजनीतिक स्थायित्व कायम गर्दै मुलुकलाई शान्त, समृद्ध र समुन्नत राष्ट्रमा रुपान्तरण गर्न मुलुकका सबै राजनीतिक दलका नेताहरुलाई आपसी सहमति, सहकार्य र एकताका लागि प्रेरणा प्रदान गर्न सकोस् भन्दै दीपावली सहित २०७३ सालको तिहारको अवसरमा समस्त नेपालीहरूमा शुभकामना व्यक्त गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ