arrow

माछापुच्छ्रे बैङ्कको पच्चीसौँ वार्षिक साधारण सभा सम्पन्न

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १८ बिहिबार
mbl-agm-25th-annuarsory.jpg

काठमाडौँ। माछापुच्छ्रे बैङ्क लिमिटेडको पच्चीस वार्षिक साधारण सभा असोज १८ गते बिहीबार होटेल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न भएको छ। उक्त साधारण सभाले बैङ्कको आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०८०-८१ को लागि जिपि राजबहाक एण्ड कम्पनी लेखा परीक्षक नियुक्ति गर्ने निर्णय गरेको छ। 

बैङ्कको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयर धनी हरू लाई गत आवको मुनाफाबाट रु. १,३६,४२,०१,६९२ (चुक्ता पुँजीको १३.३० प्रतिशत) बोनस शेयर र रु. ७,१८,००,०८९ (चुक्ता पुँजीको ०.७० प्रतिशत) नगद लाभांश (कर प्रयोजनको लागि) गरी जम्मा १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। साथै साधारण सभाले माछापुच्छ्रे बैङ्क ली र अन्य उपयुक्त बैङ्क तथा वित्तीय संस्थाहरू एक आपसमा गाभ्ने-गाभिने सम्बन्धी कार्यको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय समेत गरेको छ।

बैङ्कले गत आर्थिक वर्षमा १ अर्ब ६२ करोड ५५ लाख रुपैयाँ खुद नाफा गरेर प्रतिशेयर आम्दानी १५ रुपैयाँ ८५ पैसा कायम गरेको थियो। हाल बैङ्कको चुक्ता पुँजी १० अर्ब २५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब ६९ करोड रुपैयाँ सञ्चित रहेको छ।

उक्त साधारण सभामा बोल्दै बैङ्कका अध्यक्ष डा.उपेन्द्र महतोले देशको आर्थिक स्थितिलाई मजबुत बनाउन बैङ्कको तर्फबाट यथाशक्य योगदान पुर्‍याउने उद्देश्यका साथ सन्तुलित रूपमा निक्षेप तथा कर्जा लगानीलाई वृद्धि गरी कर्जाको गुणस्तरमा सुधार गर्दै कृषि, नवीकरणीय ऊर्जा, साना तथा मझौला उद्योग लगायतका क्षेत्रहरूमा आफ्नो लगानी विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राख्दै शेयरधनीहरूलाई समेत उचित प्रतिफल प्रदान गर्ने रणनीतिमा बैङ्क सदैव लागि परेको जानकारी गराए।

डा.महतोले नेपाल राष्ट्र बैङ्कले अवलम्बन गरेको नीति अनुरूप बैङ्कले मर्जरको लागि प्रयत्न गरिरहेको जानकारी गराउनु हुँदै बैङ्क सधैँ अर्थपूर्ण मर्जरका लागि सकारात्मक रही सोही बमोजिम छलफलहरू समेत गर्दै आइरहेको जानकारी गराए। उक्त कार्यक्रममा बैङ्क सञ्चालक समितिका सदस्यहरू मुकुन्द महत र जयमुकुन्द खनालले आफ्नो मन्तव्य राख्दै बैङ्कले आफ्नो आन्तरिक तथा बाह्य लेखापरिक्षण कार्यलाई नियमित बनाई बैङ्कको वित्तीय अवस्थालाई थप पारदर्शी बनाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा यस्ता कार्यहरूलाई निरन्तरता दिने कार्यमा सञ्चालक समितिको साथ रहिरहने कुरामा विश्वास का साथ प्रतिबद्धता समेत व्यक्त गरे।

साथै बैङ्कलाई आजको स्थानमा ल्याई पुर्‍याउन सहयोग गर्नु हुने सम्पूर्ण निकायहरू, ग्राहक एवं शुभचिन्तकहरूलाई हृ्रदय देखि नै धन्यवाद ज्ञापन गरेका थिए। उक्त साधारण सभामा संस्थापक एवं साधारण सेयर धनीहरूको उल्लेख्य सहभागिता रहेको थियो। 

हरेक क्षेत्र र वर्गका ग्राहकहरूलाई सरल र सहज बैङ्किङ सेवा पुर्‍याउने उद्देश्यका साथ बैङ्कले देशका ७ वटै प्रदेशमा १६५ वटा शाखा, १२ वटा एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैङ्किङ सेवा, २०२ वटा एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ