arrow

सोमबारदेखि दशैँको अग्रिम टिकट बुकिङ खुला

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १९ शुक्रबार
jamara.jpg
तस्बिर – सांकेतिक ।

काठमाडौँ । दशैँका लागि असोज २२ गते सोमबारदेखि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ। शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपश्चात २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भएको हो।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्धयक्ष विजय स्वारका अनुसार अग्रिम टिकट बुकिङ खुल्ला गरिएसँगै यात्रुको चाप हुने स्थानहरूमा यात्रु सहायता कक्ष स्थापना गरिने छ।

टिकट बिक्रीको अनुगमनलाई तीव्र पारिने उनले बताए । कालोबजारीमा टिकट बिक्री नहोस् भनेर विभागले टिकट बुकिङ खुल्ने दिनबाट नै कडा अनुगमन थालिने महासंघको भनाइ छ।

यसका साथै ‘बस सेवा डटकम’ बाटै टिकट काटेर पनि यात्रुहरू घर गइरहेका छन् । बस सेवा डटकमका सीईओ पीआर खनालले बस सेवाबाट दैनिक ३५ हजार टिकट उपलब्ध भइरहेको जानकारी दिए। छोटो दूरीदेखि लामो दूरीसम्मका ६० भन्दा बढी जिल्लाहरुका लागि अनलाइनमा टिकट उपलब्ध रहेको उनको भनाइ छ।

घटस्थापना अर्थात् यही असोज २८ गतेसम्मका लागि अनलाइनबाटै टिकट काट्न सुरु भइसकेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ