arrow

वर्षाले धानबालीमा क्षति

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २१ आइतबार
paddy-rice-damage.jpg

भरतपुर । केही दिनदेखि परेको वर्षाले चितवनका विभिन्न क्षेत्रमा लगाएको धानबालीमा क्षति पुर्याएको छ । पूर्वी चितवन र भरतपुरका केही स्थानमा किसानले  काटेर खेतमा सुकाएका धान थन्क्याउन पाएका छैनन् ।

धान थन्क्याउने समयमा पानी पर्दा दुई प्रतिशतको हाराहारीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र चितवनका कृषि अधिकृत उमराज अर्यालले जानकारी दिए । 

केही भागमा पाकेर काट्न तयार परेको धानसमेत पानीले ढलाएको उनले बताए । यतिखेर सिँचाइको सुविधा रहेको पूर्वी चितवनमा धान काट्ने समय भएको छ । पूर्वी चितनका अधिकांश किसानले असार १५ मा धान रोपेर सक्ने गर्दछन् ।

लगातार परेको पानीमा डुबेर धान उम्रिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ