arrow

आगलागी हुँदा  कर्नाटकमा चौध जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २१ आइतबार
fire-final_1618024271.jpeg
तस्बिर – फाइल ।

नयाँदिल्ली । भारतको दक्षिणी राज्य कर्नाटकस्थित पटका पसलमा आइतबार आगलागी हुँदा  कम्तीमा १४ जनाको मृत्यु भएको छ । उक्त घटनामा कैयौँ व्यक्ति घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।
 
कर्नाटक राज्यको राजधानी बेङ्गलोरको एटिबेल क्षेत्रमा आगलागी भएको र घाइतेलाई उपचारको लागी स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा अधिकांश पसलका कर्मचारी रहेकोसमेत प्रहरीले जानकारी गराएको छ । 

पसल मालिक तथा जग्गा मालिकलाई आगो सुरक्षा मापदण्ड पूरा नगरेको आरोप लागेको छ । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ