- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । दशैँ, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गर्दै सरकारले आजदेखि काठमाडौँ उपत्यकासहित देशभर सुपथ मूल्य पसल सञ्चालन गरेको छ ।
उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको दुग्ध विकास संस्थानको सहकार्यमा सहुलियत मूल्य पसल सञ्चालन गरिएको हो ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आइतबारदेखि थापाथलीमा सञ्चालनमा ल्याएको सुपथ मूल्य पसल बिक्री कक्षको उद्घाटन गरेका छन् ।
सहुलियत पसल सञ्चालन भएसँगै थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा उपभोक्ताहरूको भीड लागेको छ ।