arrow

दशैँको अग्रिम टिकट बुकिङ खुला [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २२ सोमबार
ticket-dashian-2080 (12).jpg

काठमाडौँ । दशैँका लागि आज सोमबारदेखि अग्रिम टिकट बुकिङ खुला भएको छ । शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा गत शुक्रबार भएको सर्वपक्षीय छलफलपश्चात आजदेखि अग्रिम टिकट बुकिङ खुला भएको हो । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्धयक्ष विजय स्वारका अनुसार अग्रिम टिकट बुकिङ खुला गरिएसँगै यात्रुको चाप हुने स्थानहरूमा यात्रु सहायता कक्ष स्थापना गरिने छ।

टिकट बिक्रीको अनुगमनलाई तीव्र पारिने उनले बताए । कालोबजारीमा टिकट बिक्री नहोस् भनेर विभागले टिकट बुकिङ खुल्ने दिनबाट नै कडा अनुगमन थालिने महासंघको भनाइ छ।

यसका साथै ‘बस सेवा डटकम’ बाटै टिकट काटेर पनि यात्रुहरू घर गइरहेका छन् । बस सेवा डटकमका सीईओ पीआर खनालले बस सेवाबाट दैनिक ३५ हजार टिकट उपलब्ध भइरहेको जानकारी दिए। छोटो दूरीदेखि लामो दूरीसम्मका ६० भन्दा बढी जिल्लाहरुका लागि अनलाइनमा टिकट उपलब्ध रहेको उनको भनाइ छ।

घटस्थापना अर्थात् यही असोज २८ गतेसम्मका लागि अनलाइनबाटै टिकट काट्न सुरु भइसकेको छ।

ticket-dashian-2080 (1).jpg
ticket-dashian-2080 (2).jpg
ticket-dashian-2080 (3).jpg
ticket-dashian-2080 (4).jpg
ticket-dashian-2080 (5).jpg
ticket-dashian-2080 (6).jpg
ticket-dashian-2080 (7).jpg
ticket-dashian-2080 (8).jpg
ticket-dashian-2080 (9).jpg
ticket-dashian-2080 (10).jpg
ticket-dashian-2080 (11).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ