arrow

छलफल गरेर मात्रै विद्यालय शिक्षा विधेयकमाथि संशोधन प्रस्ताव दर्ता [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २२ सोमबार
hitraj-panday-2080-10-22.jpg

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का सांसदहरूले सर्वदलीय बैठकको निचोड र सत्तारुढ गठबन्धनसँग छलफल गरेर मात्रै विद्यालय शिक्षा विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्ने भएको छ ।  सोमवार सिंहदरबारस्थित दलको कार्यालयमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले आजै प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा पनि विद्यालय शिक्षा विधेयकको सम्बन्धमा छलफल हुने भन्दै सो छलफलको निचोडपछि मात्रै विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय भएको हो । 

त्यस्तै संशोधन प्रस्ताव दर्ता अघि सत्तारुढ गठबन्धनका दलहरूसँग पनि कुराकानी गर्ने निर्णय भएको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । 

विधेयक विषयगत समितिमा आएपछि त्यसबारे थप छलफल गर्ने पनि उनले बताए । त्यसै गरी बैठकमा संयुक्त राष्ट्र सङ्घका महासचिवले असोज २७ गतेको प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएकाले सो दिन सबैले सहभागिता जनाउने कुरा पनि भएको उनले बताए । संसदको चालु अधिवेशन अन्त्यपछि सांसदहरूले जनतासँग जोडिने काम गर्न र सरकारले गरेका कामहरू जनतालाई जानकारी दिन पनि भनिएको उनले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ