arrow

इजरेलबाट नेपालीलाई फर्काउन माग

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २३ मंगलबार
trade-union1623313921.jpg

काठमाडौँ।  नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले इजरेलमा रहेका नेपालीलाई स्वदेश फर्कने वातावरण मिलाउन माग गरेको छ ।

युनियनका महासचिव अजयकुमार राईले सोमबार विज्ञप्ति जारी गर्दै इजरेलका विभिन्न स्थानमा विद्रोही समूह हमासको आक्रमणमा परेर १० नेपालीको मृत्यु भएको र केही गम्भीर घाइते भएकाले  बाँकी नेपालीलाई स्वदेश फर्कने वातावरण निर्माण गर्न माग गरे । 

इजरेलमा वैदेशिक रोजगार, शिक्षा हासिल तथा अन्य कामले बसोबास गर्दै आएका नेपालीको तथ्याङ्क एकिन गरी उनीहरुको जीवनरक्षा र तत्काल सुरक्षित स्थानमा उद्दार गर्न नेपाल ट्रेड युनियन कांग्रेसले आग्रह गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ