arrow

'अमेरिका-चीन सम्बन्धले ‘मानव जातिको भाग्य’ मा प्रभाव पार्छ'

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २३ मंगलबार
china-president-xi-jinping-un-council.jpg

काठमाडौं ।  चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार चीन-अमेरिका सम्बन्धले ‘मानव जातिको भाग्य’ मा प्रभाव पार्ने बताएका छन् । 

बेइजिङमा अमेरिकी सिनेटरहरूको समूहसँगको भेटमा उनले सो कुरा बताएका हुन् । वासिङ्टनले बेइजिङसँगको तनाव कम गर्ने प्रयास गरेकै बेला बहुमत सिनेट नेता चक सुमर छ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन जाने पछिल्लो उच्च तहको अमेरिकी अधिकारी हुन् ।

“परिवर्तनशील र अराजक संसारमा चीन र अमेरिका एकापसमा मिलेर कसरी काम गर्छन् भन्ने कुराले मानव जातिको भविष्य र भाग्य निर्धारण गर्नेछ”, बेइजिङको ग्रेट हल अफ दि पिपुलमा सुमरसँगको भेटमा सिले भने ,“हामीसँग चीन-अमेरिकाबीचको सम्बन्ध बिगार्नका लागि एउटा कारण नभई सुधार्नका लागि एक हजार कारण छन् भनेर मैले थुप्रै राष्ट्रपतिसँग धेरै पटक भन्दै आएको छु ।”

उनले चीन-अमेरिका सम्बन्ध विश्वको सबैभन्दा महत्वपूर्ण द्विपक्षीय सम्बन्ध भएको बताए । 

जवाफमा सुमरले राष्ट्रपति सिसँग भने, “हाम्र मुलुकहरूले यो शताब्दीलाई आकार दिनेछन्, त्यसैले हामीले हाम्रा सम्बन्धलाई जिम्मेबार र सम्मानपूर्वक व्यवस्थापन गर्नुपर्छ ।” 

पछि सुमरले पत्रकारहरूसँग राष्ट्रपति सिसँग तोकिएको भन्दा दोब्बर ८० मिनेट कुराकानी भएको बताए ।

यसअघि चीनका विदेशमन्त्री वाङ यीले वासिङ्टन र बेइजिङले आफ्ना मतभिन्नताहरूलाई ‘तर्कसङ्गत’ व्यवस्थापन गर्नसक्ने आशा व्यक्त गरेका थिए । 

दियाउती स्टेट गेस्टहाउसमा सुमरसँगको भेटमा वाङले सिनेट प्रतिनिधिमण्डलको भ्रमणले दुई मुलुकबीचको मतभिन्नताहरूलाई तर्कसङ्गतरूपमा व्यवस्थापन गर्न र दुई मुलुकबीचको सम्बन्धलाई स्वस्थ विकासको मार्गमा फर्काउन सहयोग गर्ने अपेक्षा गरेको बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ