arrow

लुमिनस एक्सचेन्ज महाउत्सवमा ३५ प्रतिशतसम्म छुट 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २३ मंगलबार
luminous-battery-2080-06-23.jpg

काठमाडौँ । पावर ब्याकअप सोलुसनको क्षेत्रमा अग्रणी र ख्याति प्राप्त अन्तर्राष्ट्रिय ब्रान्ड लुमिनसले दशैँ–तिहार र छठ चाडपर्वलाई लक्षित गरी  "Use Your Ex-To Get Your Next भन्ने ट्यागलाइनको साथ लुमिनस एक्स-चेन्ज महाउत्सव २०८०" अफरको घोषणा गरेको छ। 

लुमिनसको यस फेस्टिभल एक्सचेन्ज अफर अन्तर्गत ग्राहकहरुले नयाँ लुमिनस ब्याट्रीसँग कुनै पनि ब्रान्डको पुरानो ब्याट्री एक्सचेन्ज गरी ब्याट्रीको अधिकतम खुद्रा मूल्य एमआरपी रकममा ३५ प्रतिशतसम्म छुट पाउन सक्ने कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार एक्सचेन्ज अफर १०० एएच भन्दा माथिका ब्याट्रीहरुमा लागू हुनेछ र ग्राहकहरुले उही ब्याट्री एएचसँग एक्सचेन्ज गर्नुपर्ने हुनेछ ।  

फेस्टिभल अफरको बारेमा बोल्दै लुमिनस पावर ब्याकअप सोलुसनका लागि नेपालको एकमात्र आधिकारिक वितरक अमट्रेड प्रालीका बिजनेस युनिट हेड योगराज ढुंगानाले भने, "लुमिनस एक्सचेन्ज महाउत्सव २०८० अफर घोषणा गर्न पाउँदा हामी हर्षित छौँ । यो अफरले ग्राहकहरूलाई उहाँहरूको पावर ब्याकअप सिस्टमहरू अपग्रेड गर्न मात्र होइन, पुराना ब्याट्रीहरूको जिम्मेवार डिस्पोजललाई पनि प्रोत्साहन गर्छ। यो सबैको लागि जित हो, र हामी हाम्रा ग्राहकहरूका लागि यो चाडपर्वको सिजन साँच्चै विशेष बनाउन तत्पर छौं।" 

कम्पनीले चाडपर्वको सिजन नजिकिँदै गर्दा, लुमिनस एक्सचेन्ज महाउत्सव २०८० अफरले हरेक नेपालका घर र हृदयलाई उज्यालो बनाउने विश्वास  लिएको छ । उक्त एक्सचेन्ज अफर २१ असोजदेखि ३ मंसिर २०८० सम्म लागू हुने कम्पनीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ