arrow

संविधान कार्यान्वयनको लागि सबै एकजुट हुनुपर्छ : थापा

logo
प्रकाशित २०७३ कार्तिक १४ आइतबार
sunil-bahadur-thapa.jpeg
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा पूर्व मन्त्री सुनिल बहादुर थापाले संविधान कार्यान्वयनको लागि दलहरुवीच एकता आवश्यक भएको बताएका छन्। 
 
आईतबार रिपोर्टर्स क्लब नेपालको देउसी भैलो कार्यक्रममा बोल्दै नेता थापाले संविधान कार्यान्वयनको लागि दलहरु मिल्नुपर्ने बताएका हुन्। उनले स्वर्गीय सुर्यबहादुर थापाले समेत संविधान संशोधन गरेर अघि बढ्नुपर्ने बताउने गरेको स्मरण गर्दै भने,‘आज उहाँ हाम्रो विचमा हुनुहुन्न, तर उहाँले भनेजस्तै मुलुकलाई निकास दिने हो भने संविधान संशोधन गरेर यसको कार्यान्वयनको लागि दलहरु एकजुट भएर लाग्नुपर्छ।’
 
थापाले क्लबका सभापति ऋषि धमलाले संविधान कार्यान्वयन, दलहरुवीचको सहमति, र आगामी निर्वाचनको लागि देउसीभैला मार्फत दबाब दिएर धेरै राम्रो काम गरेको भन्दै खुलेर प्रशंसा गरे। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ