arrow

जिम्मेवारी बहन गर्दा अंगभंग भएका सशस्त्र प्रहरी कर्मचारीको एक तह बढुवा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २४ बुधबार
apf-armed-police-force-logo.jpg

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाललाई प्राप्त जिम्मेवारी बहन गर्ने क्रममा शारीरिक रुपमा अंगभंग भइ अशक्त भएका सशस्त्र प्रहरी कर्मचारीहरुको वृत्ति विकासलाई मध्यनजर गरी एक तह बढुवा दिने व्यवस्था गरिएको  छ । 

सो अन्तर्गत सशस्त्र प्रहरी नायव उपरीक्षक अरुण ढुंगानालाई सशस्त्र प्रहरी उपरीक्षक र सशस्त्र प्रहरी निरीक्षक बामदेव पण्डित (शर्मा) लाई सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा बढुवा सिफारिस गरिएको हो । 
    
बढुवा भएका सशस्त्र प्रहरी कर्मचारीहरु सशस्त्र प्ररी बल नेपाल प्रधान कार्यालय मानवश्रोत विभाग अन्तर्गत रहने छन् । एक पटकको लागि मात्र एक तह पदोन्नति दिई जुनसुकै कारण सो पद रिक्त भएमा स्वतः तल्लो पदमा कायम हुने गरी विशेष पद र दरबन्दी सिर्जना गरिएको सशस्त्र प्रहरी बल नेपालका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए । 

ढुंगाना र शर्मा द्वन्द्वकालमा विद्युतीय धरापमा परी गम्भीर घाइते भइ अंगभंग भएका अधिकृत हुन् । सशस्त्र प्रहरी बल नेपालको संगठन तथा ब्यवस्थापन सर्वेक्षण प्रतिवेदन २०८० स्वीकृत भएपश्चात सो व्यवस्था लागू भएको हो । 

साथै अन्य सशस्त्र प्रहरी कर्मचारीहरुलाई समेत संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन अन्तर्गत क्रमशः सम्बोधन गरिदै लैजाने योजना संगठनको रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ