arrow

इजरेलमा रहेका नेपाली लिन गए परराष्ट्र मन्त्री साउद

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २५ बिहिबार
npsaud-2080-06-25.jpg

काठमाडौँ । युद्धले ग्रस्त इजरेलमा रहेका नेपालीहरु लिन परराष्ट्र मन्त्री एनपी साउदको टोली इजरेल गएको छ । टोली बिहान नेपाल एयरलाइन्सको जहाजमा इजरेल गएको हो । 

एक पटकमा टोलीले दुई सय ५८ जनालाई लिएर आउने बताइएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले परराष्ट्र मन्त्री साउदको नेतृत्वमा विमान इजरेल जाने निर्णय गरेको थियो ।

यसैबीच दुई सय ८० बढीले नेपाल फर्किन चाहेको भनी इजरेलमा रहेको नेपाली दूतावासमा नाम दर्ता गराएका छन् । 

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार नेपाल फर्कन चाहनेहरूले नाम धमाधम टिपाएका छन् । 

त्यसैगरीइजरेलमा मारिएका १० जना नेपालीको शव ल्याउन भने केही ढिलाइ हुने भएको छ । 

 इजरेल सरकारले शव हस्तान्तरण गरेपछि मात्रै सो शव नेपाल ल्याउन सकिने उनले बताइन् ।

 उनले उनीहरूको शव छिटो ल्याउन सरकारले सहकार्य गरिरहेको र अहिले ती शवहरू इजरेल सरकारको संरक्षणमा सुरक्षित रहेको बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ