- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । विश्व बैंकका प्रमुख अर्थशास्त्रीले ब्याजदर वृद्धिले कर्जा व्यवस्थापनका लागि सङ्घर्षरत देशहरूलाई समस्यामा पार्न सक्ने चेतावनी दिएका छन् ।
विगत केही महिनाहरूमा अमेरिकी फेडरल रिजर्भ, युरोपियन सेन्ट्रल बैंक र विश्वव्यापीरूपमा राष्ट्रिय बैंकहरूले पनि उच्च मुद्रास्फीतिलाई कम गर्नको लागि दरहरू बढाउँदै यो वृद्धि सामान्य अपेक्षाभन्दा धेरै समयसम्म लम्बिन सक्ने चेतावनी दिएका छन् ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले कोभिड-१९, युक्रेनमा जारी युद्ध र जीवनयापनको लागतको सङ्कटका बाबजुद पनि विश्व अर्थतन्त्र लचिलो रहेको बताएको छ ।
“यी सबै झट्काका बावजुद हामीले कुनै पनि ठूला अर्थतन्त्रहरू वास्तवमै समस्यामा परेको देखेका छैनौं । विश्व बैंकका प्रमुख अर्थशास्त्री इन्द्रमित गिलले भने, “यो एउटा राम्रो समाचार हुनसक्छ कि ब्याजदर वृद्धि अभियान सम्भवत: यहीँ समाप्त हुन्छ ।”
मोरक्कोको माराकेशमा आयोजित आईएमएफ-विश्व बैंकको वार्षिक बैठकका क्रममा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “अहिले समस्या के छ भने तपाईले उल्लेख गर्नुभएको उच्च ब्याजदर र यसका कारण देखिएको आर्थिक वृद्धिदर निकै सुस्त भइरहेको छ ।”
गिलले सन् १९७० को दशकमा उच्च ब्याजदरको अर्को लामो अवधिमा करिब २४ वटा अर्थतन्त्र सङ्कटग्रस्त स्मरण गरे । उनले भने, “हामीले यो कडा चक्रलाई पनि लामो समय लाग्ने अपेक्षा गर्नुपर्छ । उनले भने, “हामीले केही देशहरूले समस्या झेल्ने अनुमान गरेका छौँ ।”
विश्व बैंकका अध्यक्ष अजय बङ्गाले मुद्रास्फिति घट्न थालेकोमा कुनै शङ्का नरहेको तर यो दर अझै उच्च रहने बताउनु भएको छ । बङ्गाले भने, “यो लगानीका लागि र वर्षौंदेखि कम ब्याज दरको वातावरणमा अभ्यस्त भएका मानिसहरूका लागि पनि धेरै तरिकामा जटिल घटना हुन सक्छ ।”