arrow

बलात्कारका आरोपी सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २५ बिहिबार
sandeep-lamichhane-2080.jpg

काठमाडौं । बलात्कारका आरोपी क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दाको पेसी आज हुँदैछ ।

असोजमा दुई पटक पेसी चढे पनि स्थगित हुँदै आएको थियो । सर्वोच्च अदालतले गत १५ फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएको थियो । 

न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले लामिछानेको मागबमोजिम विदेश जान अनुमति दिँदै बलात्कारको मुद्दामा काठमाडौं जिल्ला अदालतलाई शीघ्र सुनुवाइ (फास्ट ट्रयाक) तथा निरन्तर सुनुवाइ (कन्टिनियस हेयरिङ) का प्रक्रिया अवलम्बन गरी छिटो कारबाही किनारा गर्नू भनी आदेश दिएको थियो। 

उक्त आदेश दिएको ७ महिना पूरा हुँदा पनि जिल्ला अदालतले फाइनल बहस गराउन सकेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ