सन्दीप विरुद्धको बलात्कार मुद्धाको सुनुवाइ लामो समयदेखि स्थगितमा
हाम्रा कुरा
प्रकाशित २०८० असोज २५ बिहिबार
881
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । नाबालिग बलात्कारको आरोप खेपिरहेका राष्ट्रिय टिमका क्रिकेट खेलाडी सन्दीप लामिछानेविरुद्धको मुद्धाको सुनुवाइ बिहीबार पनि स्थगित भएको छ । उनको मुद्धाको सुनुवाइ लामो समयदेखि स्थगित हुँदै आएको छ ।
यस्तै स्थगित हँदै आउँदा उनको खेल करियर भने निरन्तर चलिरहेको छ । उनी पछिल्लो समय एसिया कपदेखि लिएर एसियाली खेलकुदसमेत खेलेर आइसकेका छन् ।
काठमाडौँ जिल्ला अदालतमा आजका लागि तोकिएको सन्दीपविरूद्धको मुद्दाको सुनुवाइ न्यायाधीश अभावका कारण स्थगित भएको जनाइएको छ ।
काठमाडौँ जिल्ला अदालतमा गोला प्रथाबाट इजलास तोकिन्छ ।
‘यही महिनामा मात्रै सन्दीपविरूद्धको मुद्दाको सुनुवाइ तेस्रो पटक स्थगित भएको हो। पेशी चढेकै सात महिना भन्दा बढी भइसक्ेक्ँे छ ।
गत वर्षको भदौ २१ गते एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् ।