arrow

सन्दीप विरुद्धको बलात्कार मुद्धाको सुनुवाइ लामो समयदेखि स्थगितमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २५ बिहिबार
sandeep-lamichhane-2080.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नाबालिग बलात्कारको आरोप खेपिरहेका राष्ट्रिय टिमका क्रिकेट खेलाडी सन्दीप लामिछानेविरुद्धको मुद्धाको सुनुवाइ बिहीबार पनि स्थगित भएको छ । उनको मुद्धाको सुनुवाइ लामो समयदेखि स्थगित हुँदै आएको छ । 

यस्तै स्थगित हँदै आउँदा उनको खेल करियर भने निरन्तर चलिरहेको छ । उनी पछिल्लो समय एसिया कपदेखि लिएर एसियाली खेलकुदसमेत खेलेर आइसकेका छन् । 

काठमाडौँ जिल्ला अदालतमा आजका लागि तोकिएको सन्दीपविरूद्धको मुद्दाको सुनुवाइ न्यायाधीश अभावका कारण स्थगित भएको जनाइएको छ । 

काठमाडौँ जिल्ला अदालतमा गोला प्रथाबाट इजलास तोकिन्छ ।

‘यही महिनामा मात्रै सन्दीपविरूद्धको मुद्दाको सुनुवाइ तेस्रो पटक स्थगित भएको हो। पेशी चढेकै सात महिना भन्दा बढी भइसक्ेक्ँे छ । 

गत वर्षको भदौ २१ गते एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ