कपिलवस्तु । घरमा दिपावली गर्ने क्रममा कपिलवस्तु नगरपालिका–१० सिकोटोबामा आगलागी भएको छ । आगलागीबाट एक घर जलेको कपिलवस्तुका प्रहरी प्रमुख एसपी विष्णु केसीले जानकारी दिए ।
घरभित्र भएका मानिसलाई केही नभएको र सामान जलेर नष्ट भएको एसपी केसीले हाम्राकुरालाई जानकारी दिए । फुसले बनेको घरमा आगोलागेको र क्षतिको थप विवरण आइनसकेको उनले बताएका छन् ।