- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले चालु वर्षमा १० वटासम्म नेपाल वायुसेवा निगमका जहाज खरिद गर्ने बताएका छन् । आइतबार मन्त्री निवास पुलचोकमा सत्तारुढ दल नेपाली काँग्रेसको विद्यार्थी सङ्गठन (नेविसंघ) ले चाडबाडका बेलामा हुने भाडदारमा कालोबजारीलाई नियन्त्रण गर्न आग्रह गर्दै बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै उनले यस्तो बताएका हुन् ।
उनले अहिले फ्युल बढेका कारण भाडा दर बढेको भन्दै चाडबाडका बेलामा हुने कालोबजारीलाई रोक्न मन्त्रालय सम्बन्धित निकायसँग छलफल गरी वक्तव्य जारी गर्ने बताए। उनले सबै महँगी नियन्त्रण गर्न सरकारले छुट दिन सक्नुपर्ने बताए। उनले नेपाल वायुसेवा निगमको जहाज थपेर भाडदारमा देखिएको विसङ्गतिलाई बजार हस्तक्षेप गर्नु नै एक मात्र विकल्प रहेको बताए।
उनले १० वटासम्म जहाज नथपी पर्यटकहरू नेपाल नआउने दाबी गर्नुभयो । उनले दशैँअघि नै औपचारिक रूपमा विमान खरिद प्रक्रिया अघि बढ्ने बताए। उनले आजबाट नेपालगन्जबाट दुर्गम क्षेत्रका लागि नेपाल एयरलाइन्सको विमान दशैँभर सञ्चालन गर्ने बताए।
त्यस्तै काँग्रेस निकट विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घका सभापति दुजाङ शेर्पाले चाडबाडको मौका छोपी कमाऊ धन्दामा लाग्नेहरूलाई सरकारले नियमन गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले उनले भारत जान ११ हजार तर नेपालकै सुर्खेत जाँदा १६ हजारसम्मको भाडा दर पर्ने कुरामा नियन्त्रण र निगरानी राख्न मन्त्री किराँतीको ध्यानाकर्षण गराए।