arrow

पूर्व राष्ट्रपति यादव क्यान्सर मुक्त, भने- अब म स्वस्थ्य छु

logo
प्रकाशित २०७३ कार्तिक १५ सोमबार
rambaran-yadav.jpeg

वासिङ्टन । पूर्व राष्ट्रपति डा. रामवरण यादवले आफू क्यान्सरको सङ्क्रमणबाट मुक्त भएको भन्दै आफ्नो उपचारमा संलग्न सबैलाई धन्यवाद दिएका छन् ।

आइतबार रासससँगको संक्षिप्त कुराकानीको क्रममा डा यादवले भने,  ‘मेरो उपचारमा संलग्न चिकित्सक, सहयोग गर्ने नेपाल सरकारका निकाय, अमेरिकास्थित नेपाली दूतावास र अमेरिकामा रहेका नेपाली समुदायको सद्भावको कारणले मेरो रोग निराकरण भएको छ ।’

अमेरिकाको मिचिगनमा रहेको हेनरी फोर्ड अस्पतालमा गत सेप्टेम्बरदेखि उपचारका लागि भर्ना भएका यादवको डा. मेननको नेतृत्वमा रहेको चार सदस्यीय चिकित्सकको टोलीले रोवटिक सर्जरी विधि अपनाएर उनको प्रोस्टेटको शल्यक्रिया गरिएको थियो ।

स्थानीय समय अनुसार सोमबार साँझ नेपाल फर्किन लागेका यादवले शल्यक्रियापश्चात् सोही अस्पतालको अतिथि गृहमा आराम गरिरहेका छन् ।

“उपचारको नियमित चेकजाँचको लागि ५–६ महिना पछि फेरि आउन चिकित्सकले भनेका छन् । तर नियमित व्यायाम र सन्तुलित आहारले मेरो स्वास्थ्य सवल बन्ने विश्वास लिएको छु’– डा. यादवले भने ।

कुराकानीको क्रममा पूर्व राष्ट्रपति डा. यादवले भने, ‘म नेपालीको महान् चाड तिहार, छठ र नेपाल संवत्को अवसरमा सबै नेपालीमा एकता मेलमिलाप र सद्भाव कायम गर्दे समृद्ध नेपाल निर्माणमा योगदान पुर्‍याउन आफ्नो स्थानबाट सहयोग गर्न अपिल गर्दछु । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ