arrow

आयल निगमको दशैँ उपहार, पेट्रोल प्रतिलिटर ११ रुपैयाँ सस्तो

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २८ आइतबार
nepal-oil-corporation-2080-03-21.jpg

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । दशैँमा राहत दिने शैलीमा आयल निगमले दोहोरो अंकले मूल्य घटाएको हो । 

आइतबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेल प्रतिलिटर ५ रुपैयाँ घटाएको हो ।

घटेको मूल्यअनुसार अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर १७३ र  डिजेल प्रतिलिटर १६८ रुपैयाँ पर्नेछ । स्वचालित प्रणालीअनुसार निगमले मूल्य समायोजन गरेको जनाएको छ । 



नयाँ