arrow

'इजरेल-हमास युद्ध रोक्न अमेरिकाका अरब सहयोगीहरू एकमत'

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २९ सोमबार
antony-blinken-foreign-minister.jpg

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गाजा पट्टीमा हमाससँग इजरेलको द्वन्द्व रोक्न संयुक्त राज्य अमेरिकाका अरब सहयोगीहरू एकमत रहेको बताएका छन् । 

इजिप्टबाट इजरेल प्रस्थान गर्नुअघि ब्लिन्केनले यस क्षेत्रका सात वटा देशको भ्रमणपछि पत्रकारसँग भने, “म गएको हरेक देशमा द्वन्द्व नफैलियोस् भन्ने दृष्टिकोण रहेको छ । मेरो भ्रमणको उद्देश्य त्यहाँका सरकारको राय के छ बुझ्नु थियो ।”

उनले भने, “कसैले पनि आगोमा इन्धन थप्ने कुनै पनि काम गर्नु हुँदैन । यी सबै सहयोगी देशहरूसँगको मेरो कुराकानीबाट यो स्पष्ट भएको छ । 

उनीहरूले यो दृष्टिकोणलाई दृढतापूर्वक साझा गर्छन् र उनीहरूले आफ्नै सम्बन्धहरू प्रयोग गरेर द्वन्द्व नहोस भन्ने सुनिश्चित गर्न प्रयास गरिरहेका छन् ।”

गत अक्टोबर ७ मा इजरेलको दक्षिणी भागमा प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास)ले गरेको आक्रमणमा एक हजार ३०० भन्दा बढी व्यक्तिको मृत्यु भएपछि इजरेलले गाजापट्टीमा हमासको निशानामा आक्रमण गर्दै आएको छ ।

इजरेली हवाई आक्रमणमा गाजामा हमासका नेता, लडाकू र उनीहरूका लुकेका स्थानहरूलाई लक्षित गरी गरिएको हवाई आक्रमणमा परी दुई हजार ४५० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।



नयाँ