arrow

मुखर्जीको नेपाल भ्रमण: स्वागतद्वार र राष्ट्रिय झन्डाले रंङ्गीदै काठमाडौं

स्वागतद्वारमा अङ्ग्रेजी भाषा

logo
प्रकाशित २०७३ कार्तिक १५ सोमबार
new-sahar-ktm-mukharji.jpeg

काठमाडौं । भारतका राष्ट्रपति प्रणव मुखर्जीको राजकीय भ्रमणको तयारीका लागि काठमाडौँका मुख्य स्थल स्वागतद्वार र दुबै देशका राष्ट्रिय झन्डाले सजिएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि मुखर्जी सवार हुने मुख्य सहर, चोक, आवासस्थल र राजधानीका केन्द्रमा स्वागत तथा सजावट गरिएको हो । स्वागतद्वारमा अङ्ग्रेजीमा ‘भारतका महामहिम राष्ट्रपति प्रणव मुखर्जीलाई नेपालमा हार्दिक स्वागत छ’ लेखिएको छ । विमानस्थल, नयाँबानेश्वर, रामशाह पथ, शीतलनिवास, कालीमाटी, बौद्ध, गौशाला लगायतका स्थानमा स्वागतद्वार बनाइएको छ ।

सहरमा सरसफाइ, रङ्गरोगन र ब्यानर राख्ने क्रम जारी छ । झन्डा राख्ने कामको संयोजन नेपाली सेनाको पल्टनले गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा भारतका राष्ट्रपति मुखर्जीले यही कात्तिक १७ देखि १९ सम्म नेपालको राजकीय भ्रमण गर्ने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ