arrow

यूएई र हङकङसँग टी–२० क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २९ सोमबार
nepal-t20-series-2023-10-16.jpeg

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा घरेलु मैदानमा हुने त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाको लागि आज १८ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १८ सदस्यीय नेपाली टोली घोषणा गरेको हो । 

छनोट हुने टोलीमा कप्तान पौडेलसहित कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, विनोद भण्डारी, कुशल मल्ल र गुल्सन झा प्रतिश जिसी, करण केसी, सन्दीप जोरा, श्याम ढकाल (मौसम), ललितनाराण राजवंशी, विवेक यादव, अविनाश बोहरा, सागर ढकाल, सूर्य तामाङ र लोकेश बम छन् । 

उक्त प्रतियोगीतामा सन्दीप लामिछाने भने हुने छैनन् । गत वर्षको भदौदेखि नाबालिग बलात्कारको आरोप खेपिरहेका उनले आफू मानसिक दबाबमा रहेको र परिवारलाई समय दिने भन्दै आफ्नो नाम यसअघि नै फिर्ता लिएका थिए ।

प्रतियोगीता आगामी कात्तिक १ देखि १० गतेसम्म मूलपानी क्रिकेट मैदान र कीर्तिपुरस्थित त्रिभुवन विश्वद्यिलयको क्रिकेट मैदानमा हुनेछ । उक्त प्रतियोगितामा नेपालसहित, संयुक्त अरब इमिरेट्स (यूएई) र हङकङ गरी तीन टोलीको सहभागिता हुनेछ । 

नेपालले कात्तिक १ गते यूएईसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ