arrow

इजरेलमा सम्पर्कविहीन विपिनको खोजी र उद्धारको प्रयास भइरहेको छ –परराष्ट्र मन्त्री साउद

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २९ सोमबार
np-saud-2080-04-21.JPG
तस्बिर – फाइल ।

काठमाडौँ । परराष्ट्र मन्त्री एनपी साउदले इजरेल  युद्धमा सम्पर्कविहीन भएका नेपाली विद्यार्थी विपिन जोशीको खोजी र उद्धारका लागि प्रयास भइरहेको बताएका छन् । 

दशैँ, तिहार तथा छठपर्वको उपलक्ष्यमा सोमबार सुदूरपश्चिम पत्रकार समाजले गरेको चियापान कार्यक्रममा परराष्ट्रमन्त्री साउदले सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी जोशीको खोजीको लागि हमास र विद्रोही समूह हमाससँग सम्बन्ध भएका देशसँग छलफल भइरहेको जानकारी दिएका हुन् । 

हमासको आक्रमणबाट इजरेलमा ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीमध्ये पाँचवटा शव इजरायल सरकारले हस्तान्तर गरिसकेको जानकारी दिँदै उनले ती शवलाई छिट्टै नेपाल पठाउने तयारी भइरहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ