arrow

बाइडेन इजरेल भ्रमणको तयारीमा

बाइडेन इजरेल र हमासबीच के भइरहेको छ भन्नेमा केन्द्रित

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ३० मंगलबार
biden-england.JPG

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन इजरेल भ्रमणको तयारीमा रहेका छन् ।  कोलोराडो भ्रमणको योजना अचानक रद्द गरेर बाइडन इजरेल भ्रमणको तयारीमा जुटेका छन् । 

ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले बाइडेनलाई इजरेली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इजरेल भ्रमणको निम्तो दिएको बताएका छन् । 

किर्बीले बाइडेन इजरेल र हमासबीच के भइरहेको छ भन्नेमा केन्द्रित रहने बताएका छन् ।

एक्जिओस र सीएनएनलगायतका विभिन्न सञ्चारमाध्यमले अमेरिकी र इजरेली अधिकारीहरूले बाइडेनको सम्भावित इजरेल भ्रमणबारे छलफल गरिरहेको जनाएका छन् ।

अक्टोबर ६ मा गाजाबाट हमासले गरेको आक्रमणको बदलामा सयौँ इजरेली नागरिकको ज्यान जाने गरी भएको आक्रमणको बदलामा बाइडेनले अमेरिकाको नजिकको सहयोगी इजरेललाई बलियो समर्थन गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएका छन् । 

बाइडेनले फेब्रुअरीमा उच्च जोखिमयुक्त अर्को युद्धक्षेत्र युक्रेनको भ्रमण गरेका थिए । उनले अन्तिम पटक सन् २०२२ को जुलाईमा इजरेलको भ्रमण गरेका थिए । 

कोलोराडोमा ‘विन्ड टर्बाइन म्यानुफ्याक्चरर प्लान्ट’को अवलोकन गर्न गएका ८० वर्षीय बाइडेनले आर्थिक पुनरुत्थान र पर्यावरण समर्थक सन्देशलाई आफ्नो २०२४ को पुनः निर्वाचन अभियानको केन्द्रमा राखेका छन् । 

ह्वाइट हाउसका अनुसार अन्तिम समयमा रद्द गरिएको भ्रमण पुनः निर्धारित हुनेछ । ह्वाइट हाउसले जारी गरेको एक संक्षिप्त वक्तव्यमा बाइडेन राष्ट्रिय सुरक्षा बैठकमा भाग लिन वासिङ्टनमै रहने उल्लेख गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ