arrow

गैर आवासीय नागरिकता अभियान

गैरआवासीय नेपालीलाई नागरिकता दिँदै प्रचण्डले यसो भने [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ३० मंगलबार
nrna-nagarikta.jpg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संसारभर रहेका नेपालीहरू नेपालका गैर आवासीय दूत भएको बताएका छन् । मङ्गलवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गैर आवासीय नेपालीहरूसँगको भेटमा उनले गैर आवासीय नेपालीहरू पहिलाको भन्दा नेपालप्रति चासो र चिन्ता व्यक्त गर्न थालेको बताए ।

प्रधानमन्त्री दाहालले ५० औँ लाख गैर आवासीय नेपालीहरूले गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्ने प्रबन्ध गरिएको बताए । उनले गैर आवासीय नेपालीका सम्बन्धित थुप्रै सवालहरुलार्ई सरकारको नीति तथा कार्यक्रम र बजेटबाट सम्बोधन गर्ने पहल गरेको बताए । उनले नेपाल सरकारले विदेशी लगानीको न्यूनतम सीमा पाँच करोड रुपैयाँबाट घटाएर दुई करोड रुपैयाँ कायम गरेको उल्लेख गरेको बताए । 

उनले धितो पत्रको दोस्रो बजारमा गैर आवासीय नेपालीको लगानी खुला गर्न कानूनी व्यवस्था मिलाइएको बताए । उनले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमार्फत योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा आबद्ध गर्ने निर्णय लागू भइसकेको समेत बताए ।

उनले भने, ‘गैर आवासीय नेपालीसँग सम्बन्धित थुप्रै सवालहरुलार्ई हामीले नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेटबाट सम्बोधन गर्ने पहल गरेका छौँ । नेपाल सरकारले विदेशी लगानीको न्यूनतम सीमा पाँच करोड रुपैयाँबाट घटाएर दुई करोड रुपैयाँ कायम गरेको छ । धितो पत्रको दोस्रो बजारमा गैर आवासीय नेपालीको लगानी खुला गर्न कानूनी व्यवस्था पनि मिलाइएको छ । वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमार्फत योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा आबद्ध गर्ने निर्णय लागू भइसकेको छ । यो एउटा ऐतिहासिक काम हो । अहिलेसम्म तीन लाख भन्दा बढी श्रमिकहरू यो अभियानमा आबद्ध हुनुभएको छ । संसारभर रहनुभएका गैर आवासीय नेपाली नेपालका गैर आवासीय दूत हुनुहुन्छ । नेपालले तपाईँहरूबाट धेरै अपेक्षा गरेको छ । यो पटक मैले चाहे भारत जाँदा होस् वा इटाली, अमेरिका जाँदा चीनमा पनि थुप्रै गैर आवासीय नेपाली साथीसँग भेट गर्ने र अन्तरक्रिया गर्ने अवसर पाएँ । विगतको भन्दा यो पटक मैले नयाँ अनुभूति गरेको अहिले सर्वत्र नेपालप्रति चिन्ता, नेपालप्रति चासो र कसरी नेपाललाई सहयोग गरेर विकास र समृद्धिको यात्रामा योगदान दिन सकिन्छ भन्ने भावना पहिला भन्दा प्रखर भएको छ । नेपालले पनि त्यो वातावरण बनाउन सरकारको तर्फबाट हामी निरन्तर प्रयास गरेका छौँ ।’

कार्यक्रममा गैर आवासीय नेपाली सङ्घका संस्थापक अध्यक्ष उपेन्द्र महतोले गैर आवासीय नागरिकता अभियान शुरु गरेकोमा सरकारलाई धन्यवाद दिए । उनले गैर आवासीय नेपाली नागरिकता एउटा सानो कागजको टुक्रा मात्रै नभई मुटुको अंश भएको बताए ।उनले भने, ‘जुन आज गैर आवासीय नागरिकता अभियान शुरु गरिएको छ, त्यसको धन्यवाद छ । गैर आवासीय नेपाली नागरिकता एउटा सानो कागजको टुक्रा मात्रै होइन, मुटुको अंश बन्नेछ । यो प्रत्येक धड्कनमा नेपाल आमालाई खुशी बनाउन लाग्नेछौँ ।’

कार्यक्रममा बोल्दै सङ्घका कार्यकारी अध्यक्ष बद्री केसीले गैर आवासीय नेपाली नागरिकताको अभियान आज वैधानिक रूपमा नै सार्थक बनेकोमा खुशी व्यक्त गरे । उनले नागरिकता एउटा अभिभारा पनि भएको र अब मुखले मात्र नभई कामले नै नेपालको समृद्धिसँग जोडिनुपर्ने र गैर आवासीय नागरिकता वंशजकै आधारमा अघि बढ्नुपर्ने बताए ।

कार्यक्रममा सङ्घका अध्यक्ष कुल आचार्यले कार्यान्वयनमा आएको गैर आवासीय नेपाली नागरिकताले गैर आवासीयलाई मात्रै नभई उनीहरूका सन्तानलाई पनि नेपालसँग जोडिरहने बताए । उनले वंशजको आधारमा प्राप्त नेपाली नागरिकता निरन्तरताको लागि सरकार र राजनीतिक दलहरूसँग आग्रह गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ