- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल सिसी र भ्रमणमा रहेका फ्रान्सेली विदेश मन्त्री क्याथरिन कोलोनाले इजरेल-हमास द्वन्द्व रोक्ने उपायबारे छलफल गरेका छन् ।
सोमबार कायरोमा उनीहरूले दुई देशबीचको द्वन्द्व रोक्ने बारेमा छलफल गरेका हुन् ।
गाजा पट्टीमा बिग्रिँदै गएको मानवीय अवस्था र गाजावासीहरुलाई तत्काल मानवीय र राहत सहायता उपलब्ध गराउन महत्त्वपूर्ण हुने बताए ।
नागरिकलाई घेराबन्दी, भोकमरी र विस्थापन जस्ता सजाय नदिन आग्रह समेत गरे । फ्रान्सले गाजापट्टीमा मानवीय सहायताका लागि १० मिलियन युरो सहायता दिने भएको जानकारी गराइएको छ ।