arrow

एक्साइडको चाडपर्व विशेष ‘एक्सचेञ्ज’ महोत्सव बुधबारदेखि 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ३० मंगलबार
exide-exchange-offer-2080.jpg

काठमाडौँ । नेपालस्थित भारतीय एक्साइड इन्डस्ट्रिजको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालीले दशैँ, तिहार र छठ पर्वको अवसरमा विशेष एक्सचेञ्ज महोत्सवको आयोजना गर्न लागेको छ । 

यस विशेष एक्सचेञ्ज महोत्सवमा जुनसुकै ब्राण्डका ब्याट्रीहरु ल्याइ एक्साइड ब्याट्रीसँग साट्दा ५० प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिनेछ । साथमा ज्याकपटमार्फत क्यास ब्याक पनि प्राप्त गर्न सकिनेछ । पर्व विशेष यो महोत्सव यही कार्तिक १ गते बुधबारदेखि सीमित अवधिको लागि आयोजना गर्न लागिएको हो । 

नेपालभर रहेका एक्साइडका आधिकारिक बिक्रेताहरुमार्फत यस योजनामा सहभागी भइ भरपुर फाइदा उठाउन कम्पनीले अनुरोध गरेको छ । 

कम्पनीले थप जानकारीको लागि टोल फ्री नं. १६६००१५५७७७ वा ९८०१५७५७७ तथा हटलाइन नं. ०१–५९७०३३९ मा सम्पर्क गर्न पनि अनुरोध गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ