arrow

इजरेल-हमास युद्ध विरामको प्रस्ताव असफल

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १ बुधबार
isreal-drone-missile-2022.jpg

काठमाडौँ ।  संयुक्त राष्ट्र सुरक्षा परिषद्ले गाजामा मानवीय युद्ध विरामको लागि आह्वान गर्ने रुसी मस्यौदा सम्बन्धी प्रस्ताव पारित गर्न असफल भएको छ ।

मस्यौदा प्रस्तावको पक्षमा पाँच र विपक्षमा चार मत प्राप्त भएको छ ।  भने ६ जना अनुपस्थित भएका छन् । प्रस्तावको पक्षमा भएको मतदानमा रुससँगै चार देश चीन, संयुक्त अरब इमिरेट्स, मोजाम्बिक र ग्याबोन थिए । 

अमेरिका, बेलायत, फ्रान्स र जापान गरी चार देशले यसको विपक्षमा मतदान गरे । अन्य ६ वटा देश भने अनुपस्थित रहे । 

स्वीकृत हुनका लागि सुरक्षा परिषद्को प्रस्तावको पक्षमा कम्तीमा ९ मत चाहिन्छ । संयुक्त राष्ट्रसङ्घका लागि रुसका स्थायी प्रतिनिधि भ्यासिली नेबेन्जियाले मतदानको नतिजाबाट आफ्नो प्रतिनिधि मण्डल निराश भएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ