arrow

त्रिकोणात्मक टी–२० क्रिकेटमा नेपाल र यूएई मैदानमा, नेपाल बलिङमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १ बुधबार
nepal-uae-t20-2080-07-01.jpeg

काठमाडौँ ।  नेपाल, संयुक्त अरब इमिरेट्स (यूएई) र हङकङ सहभागी भएको त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजअन्तर्गत नेपालले अहिले यूएईसँग खेलिरहेको छ ।

काठमाडौँको माथिल्लो मूलपानी क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ । नेपालले उत्कृष्ट शुरुआत गरेको छ । 

नेपालले पहिलो ओभरै विकेट लिन सफल भएको छ । सोमपाल कामीले ओपनर खालिद शाहको विकेट लिएका छन् । 

त्यस्तै १२ रन जोड्दा यूएईले दोस्रो विकेट गुमाएको छ । करण केसीले विकेट लिएका हुन् ।

यही खेलबाट लेग स्पिनर श्याम ढकालले टी–२० मा डेब्यु गरेका छन् ।

टी–२० मा नेपाल र यूएईबीच हालसम्म पाँच पटक प्रतिस्पर्धा भएको छ । 

नेपाल दुई खेलमा तथा यूएई तीन खेलमा विजयी भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ