- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाल, संयुक्त अरब इमिरेट्स (यूएई) र हङकङ सहभागी भएको त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजअन्तर्गत नेपालले अहिले यूएईसँग खेलिरहेको छ ।
काठमाडौँको माथिल्लो मूलपानी क्रिकेट मैदानमा नेपालले जितका लागि १४१ रनको चुनौती पछ्याइरहेको छ । बसिल हमिदले ५१ तथा अलि नसिरले ३२ रन बनाए । करण केसीले ३, गुल्सन झाले २ तथा सोमपाल कामी र अबिनाश बोहराले १–१ विकेट लिए ।
टी–२० मा नेपाल र यूएईबीच हालसम्म पाँच पटक प्रतिस्पर्धा भएको छ ।
नेपाल दुई खेलमा तथा यूएई तीन खेलमा विजयी भएको छ ।