arrow

त्रिकोणात्मक टी–२० क्रिकेटमा नेपालको विजयी शुरूआत, यूएई सात विकेटले पराजित 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १ बुधबार
nepal-uae-fan-2080-07-01.jpeg

काठमाडौँ । नेपाल, संयुक्त अरब इमिरेट्स (यूएई) र हङकङ सहभागी भएको त्रिकोणात्मक टी–२० क्रिकेट श्रृंखलामा नेपालले विजयी शुरुआत गरेको छ । 

काठमाडौँको माथिल्लो मूलपानी क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा नेपालले यूएईलाई ७ विकेटले पराजित गर्यो । जितका लागि १४१ रनको चुनौती पछ्याएको नेपालले ७ बल खेल्न बाँकी छँदै ३ विकेटको क्षतिमा पूरा गर्यो । 

चौथो विकेटका लागि ९५ रनको अविजित साझेदारी गर्ने क्रममा कप्तान रोहित पौडेलले ४० बलमा ५१ तथा दिपेन्द्र सिंह ऐरीले २३ बलमा ३४ रन बनाए । आसिफ शेख २३, कुशल भुर्तेल १४ तथा कुशल मल्ल ११ रनमा आउट भए । 

यसअघि यूएईले ७ विकेटको क्षतिमा १४० रन बनाएको थियो । 

बसिल हमिदले ५१ तथा अलि नसिरले ३२ रन बनाए । करण केसीले ३, गुल्सन झाले २ तथा सोमपाल कामी र अबिनाश बोहराले १–१ विकेट लिए । 

त्रिकोणात्मक श्रृंखलाको दोस्रो खेलमा बिहीबार नेपालले हङकङसँग खेल्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ