arrow

टी–२० मा नेपालको विजयी शुरुआत [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १ बुधबार
t-20-nepal-uae-2023-10-18 (21).jpg

काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला अन्तर्गत आज भएको उद्घाटन खेलमा नेपालले संयुक्त अरब इमिरेटस (यूएई) लाई सात विकेटले पराजित गर्दै विजयी भएको छ । 
    
यूएईले नेपाललाई जितको लागि एक सय ४१ रनको मध्यम लक्ष्य दिएको थियो । जवाफमा नेपालले १८ दशमलव ५ ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ५१ रनको योगदान दिए । 

उनले ४० बल खेल्दै पाँच चौकाको मद्दतमा अविजित ५१ रन जोडेका हुन् । त्यसैगरी दीपेन्द्र सिंह ऐरीले ३४, आशिफ शेखले २३, कुशल भुर्तेलले १४ तथा कुशल मल्लले ११ रन बनाए । 

बलिङतर्फ युएईका निलन्स केशवानी र अलि नसिरले समान एक एक विकेट लिए । त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै एक सय ४० रनको योगफल बनाएको थियो । 

यूएईका लागि बासिल हामिदले ५१ रनको योगदान दिए । उनले ३८ बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ५१ रनको योगदान दिएका हुन् । त्यस्तै अलि नासिरले ३२ रन बनाए । उनले ३० बलमा ३ चौका र १ छक्काको मद्धतमा ३२ रन बनाएका हुन् । कप्तान मोहम्मद वासिमले १७ रन जोड्दा आसिफ खानले १५ रन बनाए । 

यूएईलाई एक सय ४० रनमा समेट्नेक्रममा नेपालका लागि करण केसीले तीन विकेट लिए । त्यस्तै गुल्सन झाले दुई विकेट लिँदा सोमपाल कामी र अबिनाश बोहराले समान एक एक विकेट लिए । 

अब नेपालले आफ्नो दोस्रो खेल बिहीबार हङकङसँग खेल्नेछ । 

t-20-nepal-uae-2023-10-18 (6).jpg
t-20-nepal-uae-2023-10-18 (7).jpg
t-20-nepal-uae-2023-10-18 (8).jpg
t-20-nepal-uae-2023-10-18 (9).jpg
t-20-nepal-uae-2023-10-18 (10).jpg
t-20-nepal-uae-2023-10-18 (11).jpg
t-20-nepal-uae-2023-10-18 (12).jpg
t-20-nepal-uae-2023-10-18 (13).jpg
t-20-nepal-uae-2023-10-18 (14).jpg
t-20-nepal-uae-2023-10-18 (15).jpg
t-20-nepal-uae-2023-10-18 (16).jpg
t-20-nepal-uae-2023-10-18 (17).jpg
t-20-nepal-uae-2023-10-18 (1).jpeg
t-20-nepal-uae-2023-10-18 (1).jpg
t-20-nepal-uae-2023-10-18 (2).jpeg
t-20-nepal-uae-2023-10-18 (2).jpg
t-20-nepal-uae-2023-10-18 (3).jpeg
t-20-nepal-uae-2023-10-18 (3).jpg
t-20-nepal-uae-2023-10-18 (4).jpg
t-20-nepal-uae-2023-10-18 (5).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ