arrow

बाइडेनको आग्रहपछि गाजामा मानवीय सहायता आपूर्ति

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २ बिहिबार
joe-biden-new.jpg

काठमाडौं । इजरेलले इजिप्ट हुँदै गाजामा सहायता प्रवेश गर्न दिने  इजरेली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले जानकारी गराएको छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार अवरुद्ध प्यालेस्टिनी इलाकामा ‘खाद्यान्न, पानी र औषधि’ मात्र प्रवेश गर्न दिइने छ ।

“अमेरिकी राष्ट्रपति जो बाइडेनको आग्रहलाई ध्यानमा राख्दै इजरेलले इजिप्टमार्फत मानवीय सहायता आपूर्तिमा अवरोध गर्ने छैन,” प्रधानमन्त्री कार्यालयले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै भनेको छ ।

वक्तव्यमा भनिएको छ, “गाजामा शासन गर्ने हमाससम्म सहायता सामग्रीहरू नपुग्ने शर्तमा दक्षिणी गाजा पट्टीका नागरिकहरूलाई सहायता प्रदान गर्न अनुमति दिइनेछ ।”

अमेरिकी राष्ट्रपति बाइडेनले सेप्टेम्बर ११ पछि अमेरिकाले गल्ती गरेको सन्दर्भ प्रस्तुत गर्दै इजरेललाई अहिलेसम्मकै सबैभन्दा घातक आक्रमणपछि क्रोधमा नआउन सुझाब दिएका हुन् । 

राष्ट्रपति बाइडनले तेल अभिभको भ्रमणका क्रममा भने, “म यो आग्रह गर्छु जब तपाईं त्यो क्रोध महसुस गर्नुहुन्छ, यसले तपाइलाई हानि नगरोस् । सेप्टेम्बर (९/११) घटनापछि संयुक्त राज्य अमेरिकामा हामी निकै आक्रोशमा आएका थियौं । जब हामीले न्याय माग्यौं र न्याय पायौं, हामीले गल्ती पनि गर्यौं ।”  

उनले अक्टोबर ७ मा भएको आक्रमणपछि इजरेललाई दिँदै आएको समर्थन थप सशक्त पार्ने प्रस्ताव गर्दै प्यालेस्टिनी राज्य निर्माण गर्ने लक्ष्यमा आफ्नो प्रतिबद्धता पनि दोहोर्या‍एका छन् । 

बाइडेनले भने, “हामीले जतिसुकै कठिन काम गरे पनि हामीले शान्तिको बाटो पछ्याउनुपर्छ, ताकि इजरेल र प्यालेस्टिनी जनता दुवै सुरक्षित, सम्मान र शान्तिका साथ बाँच्न सकून् ।”

“मेरो लागि यसको अर्थ दुई राष्ट्र बीचको समाधान हो,” इजरेलको ऐक्यबद्धता भ्रमणको समापन गर्दै उनले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ