arrow

इजरेलमा नेतन्याहूको युद्ध क्याबिनेटलाई भेटेपछि बाइडेनले यसो भने

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २ बिहिबार
biden-england.JPG

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा सर्वसाधारणको मृत्यु हुन नदिन अमेरिकाले इजरेलसँग मिलेर काम गर्ने बताएका छन्।

तेल अभिभमा नेतन्याहूको युद्ध क्याबिनेटलाई भेटेपछि अमेरिकी राष्ट्रपति बाइडेनले भने, “आफ्ना जनताको रक्षाका लागि काम गर्नका लागि हामी इजरेललाई सहयोग जारी राख्नेछौं । हामी निर्दोष नागरिकहरूलाई थप त्रासदी रोक्नका लागि तपाईं र यस क्षेत्रका साझेदारहरूसँग काम जारी राख्नेछौं ।” तेल अभिभमा नेतन्याहूको युद्धमामिला हेर्ने उच्चस्तरीय समितिसँग भेटेपछि अमेरिकी राष्ट्रपति बाइडेनले भने । 

प्रतिक्रियामा इजरेली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सर्वसाधारणको मृत्यु टार्ने प्रयास गर्ने प्रतिबद्धता जनाएका थिए। 

अक्टोबर ७ मा इजरेलभित्र घातक आक्रमण गर्ने र गाजा पट्टीलाई नियन्त्रण गर्ने क्रममा हमासले जानीजानी सर्वसाधारणलाई गरेको र निशानानजिक पु¥याएको आरोप लगाएका छन्। 

तर नेतन्याहूले बाइडेनसँग भने, “इजरेलले युद्धमा नागरिकहरूलाई हानिको अवस्थाबाट टाढा राख्न सक्दो प्रयास गर्नेछ ।” 

“हामीले उनीहरूलाई सुरक्षित स्थानमा सर्न आग्रह गरेका छौं र हामी उनीहरूलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिरहनेछौं । इजरेली प्रधानमन्त्री नेतन्याहूले अमेरिकी राष्ट्रपति बाइडेनसँग भने, “राष्ट्रपति महोदय, न्यूनतम आवश्यकता पूरा भएको सुनिश्चित गर्न हामी तपाईंसँग मिलेर काम गरिरहनेछौं ।” 

इजरेली हवाई अभियानलाई उत्प्रेरित गरेको र गाजा पट्टीमा जमीनी आक्रमणको खतरा बढेपछि बाइडेनले इजरेलको ऐक्यबद्धता भ्रमण गर्न लागेका हुन् । 

भ्रमणको पूर्वसन्ध्यामा गाजाको एक अस्पतालमा भएको आक्रमणमा २०० देखि ३०० जनाको मृत्यु भएको हमास नियन्त्रित गाजा पट्टीका स्वास्थ्य अधिकारीहरूले बताएका छन् । 

उनीहरूले आक्रमणका लागि इजरेललाई दोषी ठहराएका छन्, जसले अरब विश्वमा आक्रोश फैलाएको छ । 

इजरेलले इस्लामिक जिहादका लडाकूहरूले नै हानेको क्षेप्यास्त्र गलत निशानामा पर्दा अस्पतालमा ठूलो हताहत भएको दावी गरेको छ । 

नेतन्याहूले अस्पतालमा भएको आक्रमणबारे विश्व समुदायले चासो व्यक्त गरेपछि भने, “पूरै विश्व नै आक्रोशित भएको छ । तर यो आक्रोश इजरेलप्रति होइन, आतङ्कवादीहरूप्रति लक्षित हुनुपर्छ ।” 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ