arrow

इजरेल-हमास युद्धका बीच टर्किएले बढायो डिजेलको मूल्य

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २ बिहिबार
israel-rocket-attack-2023.jpg

काठमाडौं । इजरेल र प्यालेस्टाइनी लडाकु समूह हमासबीच जारी द्वन्द्वका बीच टर्किएले डिजेलको मूल्य बढाएको छ ।

अक्टोबर ७ मा डिजेलको मूल्य २.९२ टर्किस लिरा (०.१० अमेरिकी डलर) ले घटाएको टर्की सरकारले यस पटक २.२३ (०.०८ डलर) ले मूल्य बढाएको हो । 

वृद्धिपछि टर्कीको सबैभन्दा ठूलो शहर इस्तानाबुलमा एक लिटर डिजेल इन्धनको लागत ३९.६१ लिरा (१.४२ डलर) छ । पेट्रोलको मूल्य प्रतिलिटर ३३.६४ लिरा (१.२१ डलर)  रहेको छ ।

आगामी वर्षहरुमा तेलको मूल्य झनै बढ्न सक्ने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ