- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । त्रिकोणात्मक टी–२० क्रिकेट श्रृंखलाको दोस्रो खेलमा नेपालले अहिले हङकङविरुद्ध खेलिरहेको छ । मूलपानी क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस हारेर पहिले बलिङ गर्दै हङकङमाथि हावी भएको छ ।
नेपालले हङकङलाई ९४ रनमै रोक्न सफल भएको छ । हङकङले ३ बल खेल्न बाँकी छँदै सबै विकेट गुमाएर ९४ रन बनायो । यासिम मुर्ताजाले ३६ तथा जिसन अलीले १७ रन बनाएबाहेक कसैले पनि दोहोरो स्कोर खडा गर्न सकेनन् ।
नेपालका लागि करण केसी एक्लैले ४ विकेट लिएका छन् । उनले मात्र १५ रन खर्चेका थिए । त्यस्तै सोमपाल कामी र अबिनाश बोहराले २–२ तथा मौसम ढकाल र कुशल मल्लले १–१ विकेट लिएका छन् ।
बुधबारदेखि शुरु भएको प्रतियोगिताको उद्घाटनमा नेपालले यूएईलाई ७ विकेटले पराजित गरेर शानदार शुरूआत गरेको थियो ।
टी–२० विश्वकप छनोटको तयारीका लागि नेपाल क्रिकेट संघ क्यानले श्रृंखला आयोजना गरेको हो ।
श्रृंखलामा नेपाल, यूएई र हङकङ खेलिरहेका हुन् ।