arrow

हङकङमाथि नेपालको शानदार जित [फोटोफिचरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २ बिहिबार
nepal-hk-2080-07-02.jpg

काठमाडौँ । राजधानीमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट श्रृंखलाको दोस्रो खेलमा नेपालले हङकङमाथि शानदार जित हासिल गरेको छ । मूलपानी क्रिकेट मैदानमा नेपाल ६ विकेटले विजयी भयो । 

९५ रनको झिनो चुनोती नेपालले १३.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । आसिफ शेखले ३४ बलमा ४२ रन बनाए । त्यस्तै कप्तान रोहित पौडेलले २० बलमा अविजित रहँदै २५ रन जोडे । गुलसन झाले ५ बलमा १४ रन बनाए । इहसान खानले ३ विकेट लिए । 

यसअघि नेपालले हङकङलाई ९४ रनमै रोक्न सफल भएको थियो । हङकङले ३ बल खेल्न बाँकी छँदै सबै विकेट गुमाएर ९४ रन बनायो । यासिम मुर्ताजाले ३६ तथा जिसन अलीले १७ रन बनाएबाहेक कसैले पनि दोहोरो स्कोर खडा गर्न सकेनन् । 

नेपालका लागि करण केसी एक्लैले ४ विकेट लिएका छन् । उनले मात्र १५ रन खर्चेका थिए । त्यस्तै सोमपाल कामी र अबिनाश बोहराले २–२ तथा मौसम ढकाल र कुशल मल्लले १–१ विकेट लिए । 

बुधबारदेखि शुरु भएको प्रतियोगिताको उद्घाटनमा नेपालले यूएईलाई ७ विकेटले पराजित गरेर शानदार शुरूआत गरेको थियो । 

टी–२० विश्वकप छनोटको तयारीका लागि नेपाल क्रिकेट संघ क्यानले श्रृंखला आयोजना गरेको हो ।

श्रृंखलामा नेपाल, यूएई र हङकङ खेलिरहेका हुन् । 

तेस्रो खेलमा अब शनिबार फेरि नेपाल र हङकङ मूलपानीकै मैदानमा खेल्नेछन् । 

nepal-hongkong-2080-07-02 (1).jpeg
nepal-hongkong-2080-07-02 (1).jpg
nepal-hongkong-2080-07-02 (2).jpeg
nepal-hongkong-2080-07-02 (2).jpg
nepal-hongkong-2080-07-02 (3).jpg
nepal-hongkong-2080-07-02 (4).jpg
nepal-hongkong-2080-07-02 (5).jpg
nepal-hongkong-2080-07-02 (6).jpg
nepal-hongkong-2080-07-02 (7).jpg
nepal-hongkong-2080-07-02 (8).jpg
nepal-hongkong-2080-07-02 (9).jpg
nepal-hongkong-2080-07-02 (10).jpg
nepal-hongkong-2080-07-02 (11).jpg
nepal-hongkong-2080-07-02 (12).jpg
nepal-hongkong-2080-07-02 (13).jpg
nepal-hongkong-2080-07-02 (14).jpg
nepal-hongkong-2080-07-02 (15).jpg
nepal-hongkong-2080-07-02 (16).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ